एसपी रिपोर्टर
जनकपुरधाम, असार ७ : कोरोना महामारीका कारण हरेक जसो व्यक्तिको जिवन शैली परिवर्तण र प्रभावित बनेको छ । तर यस्ता पनि व्यक्ति छन जस्ले कोरोनामा पनि आफनो अभियान र प्राथमिकता छाडेका छैनन । सुनैना ठाकुर मिथिला कलाको क्षेत्रमा अपरिचित नाम होइन । मिथिलाकी महिला भएर पनि आफनो कला देश विदेशमा परिचित गर्न सफल सुनैना अहिले घरमै बसेर कला कोर्ने काम मात्र गर्दिनन कलाको विस्तार पनि गरिरहेकी छन् ।
उनले लकडाउनमा घर घरमै सिमिति रहनु पर्ने बाध्यतात्मक परिस्थितीका बेला सुनैनाले दैनिक अनलाईन मार्फत करिव ७५ जना कलाकी पारखीहरुलाई सिकाउने काम गरिरहेको बताउछिन् । समुह विभाजन गरि सिकारु कलाकर्मीहरुलाई जुमको माध्यमले उनले कला सिकाइ रहेकी छन भने समाजिक सञ्जालमा लाइभ पेन्टिङ्ग गरेर प्रशिक्षार्थी मात्र नभई आम नागरिकलाई कला कौशल प्रशिक्षणको काम सुनैनाको दैनिकी बनेको छ ।

सुनैना संग सिकिरहेकी अम्रिता बैठाले अनलाईनबाट मिथिला कला सिक्न पाएपछि समयको सदुपयोग र लकडाउनमा हुने नाकारात्मक मानसिक समस्याबाट बच्न सकेकोमो खुसी व्यक्त गर्छिन । लकडाउनमा बजार व्यवसाय बन्द भएपछि गाँउ पसेकी सुनैना गाँउको घरमै बसेर मिथिला कला बिस्तारमा लागेकी छन् । उनी दैनिक जसो फेसबुक लाइभ आएर आफनो कला अर्का संग सेयर गर्ने गर्छिन ।
साथै अनलाइनका माध्यमले कला क्षेत्रका जानकारहरुसंग भरचुअल बैठकको माध्यमले समेत आफना जानकारी, समस्या र चुनौतीहरुको समेत समाधान गर्न उनी सफल भइरहेकी छन् ।