एसपी रिपोर्टर
जनकपुरधाम, असार २ : प्रदेश २ प्रमुख डा. राजेश अहिराजले जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको स्थलगत निरिक्षण अवलोकन गरेका छन् । विहान अस्पताल पुगेका प्रदेश प्रमुख डा. अहिराजले अस्पतालको विभिन्न कक्ष सहित आइसीयु कक्षको समेत अवलोकन निरिक्षण गरेका थिए । सो अवसरमा त्यस कक्षमा उपचारार्थ प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवकी आमाको उनले स्वास्थ्य लाभको कामना गरेका छन् ।
मन्त्री यादवकी आमालाई फुल गुच्छा प्रदान गरि प्रदेश प्रमुख डा. अहिराजले उनको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । मन्त्रीकी आमाले प्रदेश प्रमुखलाई टाउकोमा हात राखि आर्शिबाद समेत दिइन । सो अवसरमा अस्पतालको अवस्थाको विषयमा मेसु डा. प्रमोद कुमार यादव सहितका चिकित्सकहरुले प्रदेश प्रमुखलाई अवगत गराएका थिए ।
गढीमाई मन्दिर क्षेत्रमा बृक्षारोपण
प्रदेश प्रमुख डा.अहिराजले रौतहटको गढीमाई नगरपालिकाको सुन्दरपुर गाँउ स्थित गढीमाई मन्दिर क्षेत्रमा बृक्षारोपण समेत गरेका छन् । आफनो सचिवालय क्षेत्रमा एक सेना एक बृक्ष अभियान चलाएका उनले प्रदेश २ को विभिन्न स्थलमा पुगेर बृक्षारोपण अभियानलाई निरन्तरता दिइरहेका छन् ।