एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ : जनकपुरधाम उपमहानगरपालिकाले व्यापारीक केन्द्र बनाउन थालेपछि छिमेकीले न्याय माग्दै पत्रकार गुहार गरेका छन् । जनकपुरधामको भानुचौक स्थित राजु मिट एण्ड गेष्ट हाउस छेउको करिव १५ धुर जग्गामा पार्क बनाउनुपर्नेमा उपमहानगरपालिकाले व्यापारिक कम्पलेक्स बनाउन लागेपछि घर भत्किने डरले छिमेकी तनावमा परेका छन् ।
जनकपुरधाम वडा नं. २ स्थित कित्ता नं. १४ को सो जग्गा छेउमै रहेको किशोर कुमार सुमनको घर भत्किने जोखिम छ । व्यापारिक कम्पलेक्सका लागि छेउमै एकदमै गहिरो खाल्डो खन्न थालेपनि सुमनका छोरा डा. कल्याण विक्रम साहले पत्रकारहरुलाई गुहार गरि भविष्यमा हुने जाखिमबाट सुरक्षाको ग्यारेन्टीको मांग गरेका छन् ।
भोली मेरो घर भत्कियो, ढल्यो भने क्षतीपुर्तीको ग्यारेन्टी कस्ले गर्छ ? डा. साहले भने, ‘मेरो दशकौं पुरानो घर रहेकाले अचानक भत्कियो र ढलेर हुने क्षतीको ग्यारेन्टी होस ।’ यस विषयमा बुझन खोज्दा उपमहानगर उपप्रमुख रिता झाले सार्वजानिक हितहुने गरि व्यापारिक कम्पलेक्स निर्माण भइरहेको भन्दै छिमेकीले सम्भावित जोखिम र क्षतीपुर्तीका लागि उपमहानगरपालिकामा कुनै निवेदन नदिएको र सम्पर्कमा आए क्षतीपुर्तीको ग्यारेन्टी गरिने बताए । उनले भनिन, ‘कथनकदाचित उहाँको घर भत्कियो भने क्षतीपुर्ती नगरपालिकाले दिन्छ नै ।’
पत्रकार महासंघलाई हस्तान्तरण गरिएको थियो जग्गा
तत्कालिन मेयर बजरंग प्रसाद साहले नेपाल पत्रकार महासंघ धनुषालाई हस्तान्तरण गरेको सो जग्गा प्रमाण नरहेकाले महासंघको हातबाट फुत्केर अहिले पुनः उपमहानगरपालिकै अधिनस्त पुगेको छ । जनकपुरधामका तत्कालिन मेयर साहका अनुसार करिव वि.सं. २०५८÷०५९ सालमा सो जग्गा नेपाल पत्रकार महासंघ धनुषा शाखालाई हस्तान्तरण गरिएको थियो । कार्यपालिकाको औपचारिक निर्णय भएर प्रदान गरिएको सो जग्गामा महासंघको भवन निर्माण कार्यको आफुले नै शिलान्यास समेत गरेको पुर्व मेयर साहले बताए ।

उनले भने, ‘मैले नै शिलान्यास गरे, पछि मुद्दा परेको सुने र के भयो मलाई थाहा भएन त्यसपछि पत्रकारका अगुवाहरुले कुनै वास्ता र खोजतलास पनि गरेन ।’ महासंघका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्रका अनुसार सो जग्गा महासंघलाई दिइएको कुरा आफुले पनि सुनेको तर महासंघसंग त्यसको कुनै कागजात रहेको छैन । यद्यपि भारतको जयनगरका एकजनाले आफनो नाममा सो जग्गा पास गराएपछि महासंघकै विरोधमा खारेज भइ पुन नेपाल सरकार अधिनस्त गएको उनले बताए । मिश्रले भने, ‘महासंघमा म पहिलो चोटी अध्यक्ष हुँदा, नगरपालिका र तत्कालिन ट्राफिक प्रहरी प्रमुख ज्ञान कुमार महतो सहितको त्रिपक्षीय सहमती अनुसार सो जमिनलाई सार्वजानिक महत्वको पार्क स्थल बनाउने सहमती समेत भएको हो ।’
ति सहमती गर्दा महासंघलाई किन खोजियो ? उनले अगाडि भने, ‘कतै न कतै महासंघ र त्यस जमिन बिच कुनै न कुनै लगाव भएकै कारणले मलाई त्यस बैठकमा बोलाइएको होला ? तर यो व्यवहारीक कुरा हो, महासंघको तत्कालिन अगुवाहरुले त्यसको कुनै औपचारिक कागजात राखेको मलाई जानकारी छैन ।’
सो जग्गामा अहिले सार्वजानिक भनिएपनि व्यापारिक लाभका लागि भवन बन्न थालेको छ । तर छिमेकी सुमनले नै उच्च अदालतमा दायर गरेको रिटमा अदालतले २०७७÷७÷२७ गते अल्पकालिन र २०७७ मसिंर १६ गते गरि उक्त सार्वजानिक जग्गालाई वातावरणीय संरक्षणको मान्यता र खुल्ला स्थान (ओपन स्पेश) का रुपमा र्सावजानिक महत्का उद्देश्यले संरक्षण गर्ने आशयका साथ दुईवटा आदेशहरु दिइएको देखिन्छ ।
ह्ेर्नोस अदालतको आदेश


व्यापारिक भवन निर्माणका लागि ठेक्का पाएको विपक्षी बिकेओआइ नर्सिङ्ग जेभीलाई विपक्षी बनाएर दिइएको आदेशहरुमा त्यस जग्गामा कतैबाट अतिक्रमण भए वा हुन लागेकोमा त्यस्ता कार्य रोकी सार्वजानिक हितमा काम लाग्ने गरि व्यापारिक लाभ वा प्रयोजनको लागि हुन लागेको कार्य तत्काल रोक्न आदेश दिइएको देखिन्छ । २०७७÷७÷२७ गते अल्पकालिन सो आशयको आदेशलाई नै निरन्तरता दिने गरि २०७७ मसिंर १६ गतेको आदेश जारी भएको देखिन्छ भने सुमनको जाहेरीमा जिल्ला प्रशासन कार्यालय धनुषाको गत जेठ २५ गते निवेदकको पक्षमा र विपक्षीको नाउँमा जारी पत्रमा समेत अदालतको आदेशलाई कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
ह्ेर्नोस पत्र
