एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० : नेकपा एमालेका नेता राजकुमार यादव दैनिक जसो धनौजी गाँउपालिका धाउने गरेका छन् । उनको एउटै उद्देश्य हो वाँकी रहेको बुढापाकाको बृद्ध भत्ता र पेन्सन दिलाउनु । तेस्रो किस्ताको रकम समेत पाउन नसकेपछि गाँउपालिकाको बृद्व आमाबुवाहरुले यादवलाई सहयोगका लागि आग्रह गरेपछि उनी त्यस काममा लागि परेका छन् ।
पटक पटकको डेलिगेशन र आग्रह पछि पनि गाँउपालिका प्रमुख बद्रीनारायण सिंह सहितले कुनै सुनुवाई नगरेपछि उनको नेतृत्वमा गाउपालिकाका बृद्धबृद्धाहरु पालिकामा तालाबन्दी गरि धर्नामै बसेका छन् । धेरै प्रयास गरियो तर कुनै सिप नलागेपछि ति निमुखाहरु संगै धर्नामा बाध्य भएर बस्नु परेको नेता यादवले एसपी खवरलाई बताए ।
आफुहरु रहरले होइन, निराश भएर बृद्धबृद्धा आमा बुवा, बाजे बज्यैहरु अवस्था र पिडा देखेर कोरोनामा पनि यस विरोधमा लाग्न परेको उनले सुनाए । गाँउपालिका अध्यक्ष दिनभर रक्सी खाँदै भ्रष्टाचारमा लिप्त रहने गरेको उनको आरोप छ । कैयौं पटक समाजिक सुरक्षा भत्ता लगायत २३ सुत्रीय माँग राखि नेकपा एमाले धनौजी गाउपालिकाबाट आफनो नेतृत्वमा डेलिगेशन गएपनि कुनै सुनुवाई नभएको उनको आरोप छ । उनले भ्रष्टाचारको पर्दाफास हुनुपर्नेै र बुढा पाका, एकल महिला, अपाङ्ग, दलित गैर दलित ५ वर्ष मुनिका वच्चाहरुले पाउनु पर्ने भत्ता नियमित रुपले समयमा पाउनु पर्ने मांग गरेका छन् ।