एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० : धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा व्यापक आर्थिक अनियमितता भईरहेको गुनासो बढेपछि सूचना मांग गरिएको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर सभापति मनोज कुमार साहले आईतवार लिखित रुपमै उपमहानगरपालिकासंग सूचनामा मांग गरेका हुन ।
नगर सभापति साहले नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि मांग गरेका छन । साहले आ.व.२०७६।०७७ र ०७७।०७८ को हालसम्म कोरोना रेस्पोन्स र विपत व्यवस्थापनको नाममा भएको खर्च विवरणसहित कार्यालय प्रयोजनका लागि रहेको सवारी मर्मत संभारमा भएको खर्च विवरण मांग गरेका हुन ।
त्यसैगरी उनले आ.व. २०७४।७५ देखि हालसम्म कार्यालयमा अस्थायी, करार, ज्यालादारी सेवामा भर्ना गरिएको कर्मचारीको नाम, थर र ठेगाना सहितको विवरण उपलब्ध गराई दिन मांग गरेका हुन । मेयरका प्रत्यासी समेत रहेका साहले उपमहानगरपालिकाका सूचना अधिकारीसंग कार्यालयबाट आ.व.२०७६÷०७७ र ०७७÷०७८ को लागि सडक निर्माण र मर्मत सम्भारको लागि कति रकम छुटयाईएको र कुन कुन स्थानमा सडक निर्माण र मर्मत संम्भार गरियो सोको प्रमाणित प्रतिलीपि समेत मांग गरेका छन ।
कोरोना महामारीको दोश्रो लहर तिव्र रुपले फैलिरहेको बेला उपमहानगरपालिकाले नगरवासीको सेवा प्रवाह बन्द गरेपनि आर्थिक कारोवार भित्रभित्रै भईनै रहेको सूचना पाएपछि नगर सभापति साहले सूचना मांग गरेका हुन । कोरोना रोकथाम र नियन्त्रणका लागि खर्च गर्न आर्थिक कारोवार भईरहेको भनिएपनि विकास निर्माणको कामको बिल फर्छौयोट भईरहेको गुनासो बढेपछि साहले सूचनाको हक प्रयोग गर्दै २०७४÷०७५ देखि हालसम्म खरिद गरिएको सवारी साधन र सफाई उपकरणहरुको नाम, खरिद केन्द्र र भुतmानी गरिएको रकमको बिल भर्पाईसहितको प्रमाणित प्रतिलीपि र उपमहानगरपालिकाबाट २०७४÷०७५ देखि हालसम्म घर धनीहरुलाई वितरण गरिएको गेरुवा रंग पाउनेहरुको नामावली , परिमाण र लागत खर्च सहितको विवरण समेत मांगेका हुन ।
उपमहानगरपालिका क्षेत्रभित्र लामखुट्टे नियन्त्रणको नाउंमा २०७६÷०७७ र ०७७÷७८ मा खर्च गरिएको रकमको शिर्षक सहितको विल भर्पाई सहितको प्रमाणित प्रतिलीपि सहित आ.व.२०७६÷०७७ र ०७७÷७८ उपमहानगरपालिकाले स्काभेटर भाडा लगाए वापत गरेको आम्दानी विवरण मांग गरेका छन । लामो समयदेखि विवादित ल्याण्डफिल साईटका लागि २०७३ साल फागुन २० गते शुक्रवार जनकपुरधाम उपमहानगरपालिका र गूठी संस्थानबीच जउमनपा – १८ भोइलमा गूठीको नाममा रहेको जग्गा लैन्डफिल साइटको लागि उपलब्ध गराउने भएको सम्झौता कार्यान्वयनको अवस्था बारे र उपमहानगरपालिकाले जग्गा उपयोग गरे बापत तिर्नुपर्ने वार्षिक रु. ४,०५,२९३ तिरिरहेको छ कि छैन सोको जानकारी मांग गरेका छन ।