एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ तथा निवर्तमान मन्त्री जुली महतोले धनुषामा एकै दिन तिन पुल निर्माण कार्यको शिलान्यास गरेका छन् । महासेठ र महतोले धनुषाको ललिया– उतिमपुर नदिको पुल, कासीपुर–कजरा नदिको पुल र इनरुवा–सबैला बिचमा रहेको नदिमा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन् ।
पुलको शिलान्यास गर्दै उपप्रधान महासेठले भने, ‘हाल आफुले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएपनि धनुषाको विकासमा कुनै असर नपर्ने र भौतीक पुर्वाधार मन्त्री हुँदा शिलान्यास गरिएको कामहरु पनि सम्पन्न भएरै छाडने बताएका छन् । कार्यक्रममा एमालेका नेता तथा प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, मिथिला विहारीका मेयर अनिल कुमार यादव, नेकपा एमाले जिल्ला अध्यक्ष राज किशोर यादव, नेता शिवशंकर साह हिरा लगायत स्थानीयको उपस्थिती थियो ।

सो अवसरमा श्री सरस्वती युवा क्लब ललियाको तर्फबाट मन्त्रीद्वयलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । त्यस अघि मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवको अगुवाईमा पार्टीका नेता कार्यकर्ताहरुले नगरपालिकाको तारापट्टीमा मन्त्री दम्पतीको स्वागत गरेका थिए । दुवैजनाले आजै लक्ष्मिीनियाँ गाँउपालिकोको लक्ष्मीनियाँ बजार स्थित माता लक्ष्मीनियाँ माई पुगेर समेत दर्शन तथा पुजा गरेका थिए ।