एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : धनुषाको दक्षिणी सिमाबर्ती मुखियापट्टि मुसहर्निया गाउँपालिका वडा नम्वर ६ स्थित पोखरीमामा डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहत स्वरुप प्रति परिवार एक/एक लाख रुपैया दिने भएको छ ।
शुक्रबार पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाहरुको परिवारलाई प्रदेश २ सरकारले १/१ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा सरकारका तर्फबाट नव नियुक्त भौतीक पुर्वाधार तथा यातायात मन्त्री राम सरोज यादवले गरेका हुन । उनी सोहि क्षेत्रबाट प्रदेश सांसमा निर्वाचित भएका छन् ।

एता सोहि क्षेत्रकी समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो गाँउमै पुगेर पिडित परिवारहरुसंग भेटघाट गर्दै घटनाको जानकारी लिएकी छन् । सो अवसरमा उनले व्यक्तिगत तर्फबाट पिडित पाँचवटै परिवारलाई प्रति परिवार दश/दश हजार रुपैया सहयोग समेत गरेकी छन् ।
महतोले घटना प्रति दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै पिडित तथा शोकाकुल परिवारजन र गाँउवासी प्रति गहिरो समवेदना प्रकट गरेकी छन् । उनले भनिन, ‘म यहाँको जनप्रतिनिधी, प्रहरी प्रशासन सहित प्रदेश सरकार संग समेत क्षतीपुर्तीका लागि आग्रह गरेकी छु ।’

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको स्थानीय हुलाश यादवको बन्न लागेको माछा फार्मको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको मृत्यु भएको थियो ।
मन्त्री यादव मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका छन् । मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन । मृतक पाँचै जनाको शव पोष्टमार्टम पश्चात दाहसंस्कारका लागि गाँउमा लगिएको छ ।
यस अघि पोखरीमा डुबेर स्थानिय पाँचजना अबोध बालिकाहरुको ज्यान गएको सो घटना सन्दर्भमा क्षेत्रका तिनजना राजनितिज्ञहरुले शोक सन्देश जारी गर्दै घटना प्रति दुःख व्यक्त गरेका छन् । सो क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो सांसद तथा निवर्तमान मन्त्री जुली महतो तथा पुर्व सांसद एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधी बिज्ञप्ती तथा समाजक सञ्जाल मार्फत शोक सन्देश जारी गर्दै घटना प्रति दुःख व्यक्त सहित मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र गाँउवासी प्रति समवेदना प्रकट गरेका छन् ।