एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका नेकपा नेता रघुविर महासेठलाई भब्य स्वागत गरिएको छ । धर्मपत्नी एवं निवर्तमान महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महतो संगै आएका महासेठलाई उनको निर्वाचन क्षेत्र समेत रहेको लालगढमा भब्य स्वागत गरिएको छ ।

मिथिला नगरपालिका वडा नं. १० स्थित पुर्व पश्चिम राजर्मागमै स्थानियहरु स्वागतका लागि तयार थिए । दुवैजनालाई स्वागत गर्न एमालेका प्रदेश कमिटि सदस्य शिवशंकर साह हिरा, जिल्ला सदस्य सुरेन्द्र भण्डारी सहितका युवा नेताहरु समेत जनकपुरधामबाट पुगेका थिए । उपप्रधानमन्त्री महासेठ आज पाँच बजे जिसस धनुषामा हुने अक्सिजन हस्तान्तरण कार्यक्रममा सहभागि हुने छ भने पार्टी कार्यलाय सहित विभिन्न कार्यक्रमहरुमा समेत सहभागि हुने कार्यक्रम रहेको छ ।

नगरपालिकाका प्रमुख, उपप्रमुख सहितको टिम समेत स्वागतमा सहभागि भएका छन् ।
यस्तो छ महासेठ दम्पती सहभागि हुने धनुषाका कार्यक्रम तालिका

