एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : नेपाली सेनाले क्लोथ बैंक नेपाल धनुषालाई कोभिड–१९ विरुद्वको विभिन्न स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच प्रदेश २ प्रमुख डा. राजेश अहिराजको विशेष उपस्थितीमा नेपाली सेनाले बैंकलाई मण्डी २ सय थान, झुल २ सय थान, मास्क २ सय प्याकेट, सेनिटाइजर २ सय लिटर, डिटल साबुन ५ सय पिस र अक्सिमिटर ५० थान उपलब्ध गराएको छ ।
नेपाली सेनाका समारोह श्रब्यदृश्य महाशाखाका प्रा.म.सेनानी ईश्वर कुमार श्रेष्ठ सहित सेनाका जनकपुरधाम स्थित गणका प्रमुखहरुको समेत उपस्थितीमा प्रदेश प्रमुख डा. अहिराजले बैंकका अध्यक्ष राजिव झालाई सो सरसमानहरु हस्तान्तरण गरेका हुन ।

सो अवसरमा प्रदेश २ प्रमुखले नेपाली सेना देशमा आएको विभिन्न संकट र कालखण्डमा समाज, देश र जनताको हकमा सदैव तत्पर रहेको भन्दै परोपकारी कामको प्रशंसा गरेका छन् । सेनानी श्रेष्ठले नेपाली सेना समाजको जनतामा पुग्नका लागि क्लोथ बैंक जस्ता परोपकारी र समाजिक कार्यमा क्रियाशिल संस्थालाई सहयोग गरेको बताए ।

बैंकका अध्यक्ष झाले सहयोगका लागि धन्यवाद दिदै नेपाली सेनाले बैंकको कार्य र क्रियाशिलताको महत्व बुझेको भन्दै आभार व्यक्त गरेका थिए । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रह्री, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल उद्योग बाणिज्य संघ प्रदेश २ का पुर्व अध्यक्ष शिव शंकर साह हिरा, जसपा नेता मनोज चौधरी सहितको सहभागिता रहेका थियो ।
भिडियो समाचार