एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २६ : प्रदेश २ सरकारमा नेपाली कांग्रेसको नेतृत्व गर्दै भौतीक पुर्वाधार मन्त्री बनेको रामसरोज यादव आफुलाई सधै एक मिथिला र मैथिली भाषाको अभियानीका रुपमा दावी गर्ने गर्छन तर उनी प्रदेश २ का मन्त्री बन्दै गर्दा नेपाली भाषामा सपथ ग्रहण गरेका छन् ।
केहि बेर अगाडि प्रदेश प्रमुख डा. राजेश अहिराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका मन्त्री यादवले नेपाली भाषामा सपथ ग्रहण गरेका हुन । उनी आफुलाई मिथिला र मैथिली भाषाको प्रवद्र्वकको रुपमा दावी गर्ने गरेका छन् । विभिन्न मिथिला र मैथिलि अभियान र आन्दोलनमा सहभागिता समेत जनाउने गरेका उनले बहुसंख्यक मैथिली भाषीहरुको प्रदेश २ को मन्त्री हुँदा किन नेपालीमा सपथ ग्रहन गर्न परेका होलान ? भन्ने प्रश्न कांग्रेसकै नेताहरुको छ ।

प्रदेश २ को नाम मिथिला भोजपुरा प्रस्ताव गर्न पनि अहम भुमिका खेलेका उनले जनताको मन्त्री बनिरहँदा मैथिली भाषालाई स्मरण गर्न नसकेको कतिपयको गुनासो छ । मिथिला भोजपुरा प्रदेशका प्रस्तावक कांग्रेसका यादव वाहेक नयाँ मन्त्री बनेका ओम प्रकाश शर्मा र बिरेन्द्र सिंह कसैलाई मातृभाषा भैथिली वा भोजपुरीको स्मरण भएन यसले पनि कांग्रेसलाई सत्ता कति प्यारो छ भन्ने स्पष्ट हुन्छ । मन्त्री भएको खुसीमा सायद बिर्सनु भयो होला, सपथ ग्रहणमा सहभागि एकजनाले टिप्पनी गरिरहेका थिए ।