संजय साह
जनकपुरधाम, जेष्ठ २६ : प्रदेश २ सरकारमा नव नियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री लालबाबु राउत र सभामुख सरोज कुमार यादव समेतको उपस्थितीमा प्रदेश प्रमुख डा. राजेश अहिराजले कांग्रेसको नेतृत्व गर्दै भौतीक पुर्वाधार मन्त्री बनेका कांग्रेस प्रदेश २ संसदिय दलका नेता समेत रहेका रामसरोज यादवका साथै उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा र युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
माओवादी केन्द्र भने अन्तिम समयमा आएर सरकारमा नगएको हो । सुरुमा माओवादीलाई दुई मन्त्रालय दिने भनिएपनि अन्तिम समयमा आएर एक मात्र कानुन तथा प्रदेशसभा मामिला मन्त्री दिन सक्ने बताइए पछि माओवादी राउत नेतृत्वको सरकारमा नजाने भएको छ ।