एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २६ : नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने भएको छ । वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी दिए ।
उनले भने, ‘अहिले भर्खर वार्ता सम्पन्न भएको छ । हामीले दुईवटा मन्त्रालय मागेका थियौं तर एउटा त्यो पनि कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय मात्र दिने भनेर सरकारले भने पछि हामी सरकारमा नजाने निर्णय गरेर बाहिरिएका छौं ।’
उनले आफूहरुलाई अपमानजनक व्यवहार भएकाले सरकारमा जाने कुरा अब नहुने बताए । यसअघि जसपाले माओवादीलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको थियो । तर एकाएक हाल आएर एक मन्त्रालय मात्रै दिने भनिएपछि माओवादी बिच्किएको हो ।