एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २६ : प्रदेश २ सरकारमा तिन मन्त्रालय सहित कांग्रेस समावेश भएका छन् । संसदिय दलका नेता रामसरोज यादवको नेतृत्वमा तिन मन्त्रालय सहित कांग्रेस सरकार इन्जोय गर्न तयार भएका छन् । उनी भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय रोजेका छन् । त्यसका आलावा कांग्रेसले उर्जा तथा खानेपानी र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।
तत्काल राज्य मन्त्री नियुक्त नहुने र सरकारमा गएपछि छलफलका आधारमा निर्णय हुने बताइएको छ । तिन मन्त्रालय सहित सरकारमा जान राजी भएको कांग्रेस बाँकी दुई मन्त्रीको निश्कर्ष लगाउन छलफलमा जुटेको नेता जिवनाथ चौधरीले बताए । कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । तीनै जना मन्त्रीले बुधबार नै सपथ लिनेछन् ।
माओबादी संग अझै छलफल जारी रहेको बुझिएको छ । उनले एक मन्त्रालय पाउने निश्चित भएपनि मन्त्रालय रोजाईमा कुरा मिल्न नसकेको स्रोतले जनाएको छ । मन्त्रीहरुको अहिले साँझ नै सपथ ग्रहणको तयारी मुख्यमन्त्री कार्यालयले गरिरहेको छ । भरत साहको नेतृत्वमा माओबादी समेत सरकारमा जान छलफलमा छन ।