पुरन रौनियार
जनकपुरधाम, जेष्ठ २५ : तल लिङ्क गरिएको दृश्य २०१७ डिसेम्वर ४ आम नर्वाचन ताका हुन । दृश्यमा हालका प्रधानमन्त्री केपि शर्मा ओलीले तत्कालिन डिआईजी पदबाट राजिनामा दिएका नवराज सिलवालका बारेमा यस्तो भनिरहेका छन, ‘कहिले काहि कस्तो शुभ साइत देखेर विपक्षीले लखेटिदिएका रहेछन, अव दुईचार दिन पछि डिआईजी होइन त्यो भन्दा पनि दुई चार पद माथीकाहरुले सलाम गर्ने बेला हुन्छ, जिताउने जिम्मा यहाँहरुको मन्त्री र योजना बनाउने जिम्मा मेरो ।’
भिडियो हेर्न लिङ्कमा जाउँ (20+) Facebook
आईजीपी बन्नै लागेका सिलवाललाई तत्कालिन समयका गृहमन्त्री बिमलेन्द्र निधीले पनि चाहेर बनाउन सकेन कारण थियो गृहमन्त्रीमा शेरबहादुर देउवा र उनकी धर्मपत्नीको चासो । गृहमन्त्री निधि दबाबमा आएर रानिनामा पनि गरे तर पनि सिलवाल आईजिपी हुन सकेन । त्यसपछि उनी तत्कालै डिआइजीबाट राजिनामा दिएर एमाले प्रवेश गरे र प्रतिनिधीसभा सांसदमा चुनाव लडेर जिते पनि । आज ओली प्रधानमन्त्री र उनकै हातमा गृहमन्त्रीको कुर्सी खाली अवस्थामा छ ।

के अव सिलवाललाई गृहमन्त्री बनाएर ओलीले बाचा पुरा गर्छ ? प्रश्न छ । एता एमाले स्रोतका अनुसार युवा नेता एवं सांसद महेश बस्नेत पनि गृहमन्त्रीको दाउमा छन् । ओलीको प्रिय र अति नै निकट बस्नेतको पनि अड्डी गृहमन्त्रीमा रहेकाले ओलीलाई सकस रहेको स्रोतले बतायो । तर छिट्टै ओलीले दुई मध्ये एकलाई र बिबाद तथा कुरा नमिले माधव पक्षका प्रभावशाली एकजना कसैलाई गृहमन्त्री बनाएर सिलवाल र बस्नेत दुवैलाई ब्यालेन्स गर्ने योजना तर्फ लाग्ने ति स्रोतको भनाई छ ।