एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २४ : धनुषाको लक्ष्मीनियाँ गाँउपालिका स्थित धानबाली कार्यक्रम हर्दिनाथ बनिनियाका कार्यालय प्रमुख भानुभक्त पोखरेलले प्राविधिक भुलका कारण गेटपासलाई बिल भर्पाई बुझन गएकाले गलत भ्रम सृजना भएको स्पष्टीकरण दिएका छन् । कोरोना भाइरस (कोभिड– १९) को महामारीको बिच राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा गाँउले किसाहरुलाई सादा कागजको बिल दिएर बिउ बेचेको आरोप सहितको समाचार आएपछि उनले आश्चर्य व्यक्त गर्दै गेटपासलाई बिलका रुपमा बुझन आग्रह गरेका छन् ।
त्यस बेला म पनि बिदामा थिए प्रमुख पोखरेलले भने, ‘३० किलो भन्दा कम बिउ किन्दा बिल नकाटनु भनेर निर्देशक सहित म बिदामा बसे, ३० भन्दा कम परिमाणको हकमा तत्काल गेटपासको रुपमा सादा गेटपास दिदाँ त्यसैलाई बिल भनेर समाजिक सञ्जालमा गलत प्रचार गरिएको रहेछ ।’ उनले ३० किलो भन्दा कम बिउ लिने किसानहरुलाई प्रवेशद्वारमा गेटपासका लागि दिइने गरेको बताए ।
प्रमुख पोखरेलको धारणा भिडियोमा
हामी ३० किलो भन्दा कम लिने किसानको रेकर्ड राख्र्छौ पछि ३० किलो पुगेपछि उहाँहरुलाई एउटा बिल बनाएर दिने गरेका छौं, सादा कागज बिल नभएर गेटपास हो ।’ पोखरेलले धान र त्यसको बिउको भण्डारण र किनबेच हेर्ने विभाग छु्ट्टै रहेको भएपनि समाचारहरुमा त्यस विभागका कसैको पनि नाउँ नआएर नियोजित रुपमा अन्य कर्मचारीहरुको नाम आएको प्रति पनि दुःख व्यक्त गरेका छन् ।
२०÷२० टन धान अबैध बेच्न सकिन्छ त ? प्रश्न गर्दै उनले भने, ‘बिउ उत्पदान, भण्डारण देखि बेचेको सम्पुर्णको लेखा र महालेखा परिक्षण हुन्छ, एकएक रेकर्ड छ त्यसैले कमसेकम बुझेर मात्र समाचार सम्प्रेशन गरिदिन परयो ।’