एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ २३ : संघिय सरकारकी महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री चन्दा चौधरीको स्वागत गरिएको छ भने निवर्तमान सोहि विभागीय मन्त्री जुली महतोको बिदाई गरिएको छ । कर्मचारीहरुले कम समयमा मन्त्री महतोले राम्रो काम गरेको बताउदै बिदाई गरिएको र त्यस भन्दा पनि राम्रा कामहरु हुने अपेक्षा साथ नयाँ मन्त्री चौधरीको स्वागत गरेका हुन ।

नयाँ र निवर्तमान दुवै मन्त्री मधेशकै जनकप्रतिनिधी र निवासी हुन । महतो धुनषा र चौधरी सर्लाही निवासी भएपनि चौधरी महोतरीबाट सांसद हुन । सो मन्त्रालयमा क्रमश पद्यमा अर्याल, महतो र चौधरी महिलाहरुनै मन्त्री बन्दै आएका छन् भने राज्यमन्त्री पनि महिला नै नियुक्त भएकी हुन उनी जसपा सांसद रेणुका गुरुङ्ग । मन्त्रालय सम्हाल्ने क्रममा उनीहरु चारजनै पहिलो पटक मन्त्री परिषदमा सामेल भएकी हुन ।