पुरन रौनियार
जनकपुरधाम, जेठ २२ : पुर्नगठित मन्त्री मण्डलमा सवै भन्दा बढि फाईदा उमाशंकर अरगरियालाई भएको छ । उनले सुरुमै राम्रो मन्त्रालय पर्यट र नागरिक उडयन पडकाउन सफल भएको छ । त्यसमा दुईवटा प्रमुख कारणहरु छन् । पहिलो तक्कालिन राजपा समुहबाट महेन्द्र राय यादव र राजकिशोर यादवको बर्हिगमण हुनु र दोस्रो उनी उपेन्द्र यादव समुह परित्याग गर्नु ।
उनी पहिलो पटक मन्त्री बनिरहेकाले सुरुमा युवा तथा खेलकुदमा ल्याउने हल्ला चल्यो तर उनी प्रतिकार गर्दै मन्त्री नबन्ने चेतावनी दिए । ठाकुर र महतोलाई जातिय समिरकण मिलाउन पनि एकजना यादव मन्त्री बनाउने पर्ने अगगरियाले राम्ररी बुझेका थिए । पछि उनको नाम बन तथा वातावरणमा चर्चामा आयो तर उनलाई त्यसमा पनि इन्ट्रेस्ट रहेनछ पछि उनले वरियतामै राखेको पर्यटन तथा नागरिक उडयन मन्त्रालय पाउन सफल भए ।
कर्णलाई फाइदा
राजकिशोर यादव राजपा समुह छाडेपछि लक्ष्मण लाल कर्णलाई समेत फाइदा भएको छ । उनी वरिष्ठ भएपनि यस अघि संसदीय समितिको सभापती र पार्टीको सचेतक समेत भइसकेको र कायस्थ समुदायबाट उपेन्द्र समुह छाडेर आएका बिमल श्रीबास्तव मन्त्री हुने निश्चित रहेकाले जसपालाई दिइने ८ मन्त्रीमा उनको सम्भावना कम थियो तर यादव नपर्ने भएपछि कर्ण मन्त्री बन्न सफल भएका हुन । उनी महतो निकटका हुन ।
साहलाई घाटा
मन्त्री बन्ने अर्का प्रवल दाबेदार थिए सर्लाहीबाट अप्रत्यासित चुनाव जितेका युवा नेता प्रमोद साह । तर लक्ष्मण लाल कर्णले नमाने पछि उनलाई घाटा भएको छ । महतो सरकारमा जसपाको नेतृत्व गरेको र उनकै खेमाका अर्का नेता कर्ण पनि मन्त्रीको लिष्टमा परेपछि साह मन्त्री हुनबाट बञ्जित भएका हुन ।
महतो आफै वैश्य समुदायबाट रहेको र कर्ण समेत उनकै समुहबाट मन्त्री बने पछि साह रोकिएको हो । एसपी खवरसंगको कुराकानीमा साहले भने, ‘जनताले बुझे तर पार्टीले बुझेन, ठिकै छ म पार्टी प्रति प्रतिबद्व छु ।’ साह सर्लाहीमा जसपाको आधार क्षेत्र नै नमानिने क्षेत्रबाट अप्रत्यासित चुनाव जितेका हुन । उनको जिता जसपाका लागि बास्तवमै पृथक जित थियो ।
पार्टीबाट १० जना मन्त्री बन्ने तय भएसंगै उनको क्षेत्रमा पनि नेता कार्यक्रताहरु साह पक्का मन्त्री हुने बिश्वास थियो तर भएन । स्रोतका अनुसार महतो र चौधरी समेत सर्लाही निवासी नै रहेकाले पनि प्रमोद रोकिएको हो । जबकि महतो धनुषा र चौधरी महोतरीबाट सांसद बनेका हुन । लक्ष्मण लाल कर्ण महतो निकटका नेता भएपनि उनलाई अनुभवको हिसावले स्वयम प्रधानमन्त्री र महन्थ ठाकुरले समेत रोक्न नमानेको स्रोतको भनाई छ ।