एसपी रिपोर्टर
काठमाण्डौं, जेठ २२ : पुर्नगठित मन्त्री मण्डलमा नपरे संगै अव राजकिशोर यादव समेत तत्कालिन राजपा खेमाबाट आउट भएको स्पष्ट हुन्छ । तत्कालिन छ मधेश केन्द्रित दलहरु मिलेर बनेको राजपामा फोरम गणतान्त्रिकका अध्यक्षको रुपमा अध्यक्ष मण्डल सदस्य बनेका राजकिशोर यादव मन्त्री मण्डलमा पर्न सकेन । स्रोतका अनुसार पछिल्ला राजनितिक ध्रुबिकरणमा उनी राजपा पक्षमा नउभिएर मौन रहेकाले उनलाई उपेन्द्र गुटलाई समर्थन गरेको आरोप छ ।
तर कतिपयले राजकिशोर यादवले सुचना तथा सञ्चार मन्त्री नै पाउनु पर्नेमा अडिग रहेकाले उनी मन्त्री मण्डलमा पर्न नसकेको बताउछन् । उनी यस अघि समेत सो मन्त्रालय सम्हाली सकेका छन् । राजपाको छ अध्यक्ष मध्ये ठाकुर मन्त्री नबन्ने बताइसकेको थियो भने महेन्द्र राय यादव उपेन्द्र गुटमा खुलेरै लागेका थिए । राजकिशोर मने मौन थियो । उनले पछिल्ला घटना क्रममा सहयोग नगरेपछि ठाकुर र महतो असन्तुष्ट थिए ।