एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ : नेपाल सरकारको नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री उमाशंकर अरगरियाले सपथ ग्रहण संगै आजै पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति समक्ष पदभार पद तथा गोपनियताको सपथ लिएसँगै उनलले पदभार ग्रहण गरेका हुन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै उनलाई नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । त्यस्तै जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा २ राज्यमन्त्रीसहित ८ जनाले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् ।