एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ २० : हँसपुर नगरपालिकाले नगरवासीमा कोराना परिक्षण गर्ने भएको छ । नगरप्रमुख रामज्ञान मण्डलका अनुसार नगरवासीको स्वास्थ्यलाई सर्वोपरि मान्दै कोरोना परिक्षणको तयारी थालिएको छ । उनले नगरको विभिन्न स्थानमा हुने परिक्षणको मिति समय र स्थान समेत एसपीखवरलाई जानकारी गराएको छ ।
अगामि जेठ २२ गते नगरपालिकाको वडा नं. ६ को र २३ गते वडा नं. ९ को परिक्षण बालगंगाामा हुने छ भने वडा नं. १, २, ३ र ४ को कठपुल्लामा २४ गते परिक्षण हुने छ । वडा नं. ५ र ७ को नौवाखोर स्थित स्वास्थ चौकीमा २५ गते वडा नं. ८ को रामनगरा बजारमा २६ गते परिक्षण हुने उनले बताए ।
कोरोनाको यस महामारीलाई नियन्त्रण गर्न नगरवासीलाई सहयोग गर्न र कोरोना परिक्षणमा सहभागि हुन उनले आग्रह समेत गरेका छन् ।