एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १९ : नेपाल पत्रकार महासंघ धनुषाले आफना स्वर्गीय दुईजना अभिभावहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघको सभाहलमा शाखा कार्यसमिति, पुर्व अध्यक्ष, संगठनका अध्यक्षहरु तथा सल्लाहकारको उपस्थितीमा महासंघले शाखका पुर्व अध्यक्ष स्व. माधव प्रसाद आर्चाय र वरिष्ठ पत्रकार स्व.दिलिप घिमिरे प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । केहि दिन अगाडि दुवै जनाको निधन भएको थियो ।

मधेशी पत्रकार समाज प्रदेश २ का अध्यक्ष बिरेन्द्र रमण र धनुषा अध्यक्ष शुभाष कर्णले वरिष्ठ पत्रकारद्वय स्व. आचार्य र घिमिरे प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । धनुषा शाखाका सल्लाहकार पुरन साहले अभिभावकहरु गुमाउनु शाखाका लागि अपुर्णिय क्षती रहेको भन्दै शाखा प्रति असन्तुष्ट वरिष्ठ पत्रकारहरुलाई बोलाएर छलफल गर्न आवश्यक रहेको बताए । उनले स्व. वरिष्ठ पत्रकारद्वयको योगदान सदैव स्मरणीय हुनुपर्ने बताउदै श्रद्धाञ्जली अर्पण गरे ।

शाखाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्रले स्व. वरिष्ठ पत्रकारहरुको अनुभव र योगदानको चर्चा गर्दै अभिभावकले अभिभावकत्व ग्रहण गर्न सक्नु पर्ने बताए । महासंघ सवैको रहेकाले अभिभावकहरु समेत आफनो सम्झेर महासंघ आउनु पर्ने बताए । शाखाकी अध्यक्ष मनिका झाले कोभिडका बिच पनि सक्दो पत्रकार मैत्री कार्यहरु गर्न सक्रिय रहेको बताईन । कार्यक्रममा उपस्थित सवैले स्व. वरिष्ठ पत्रकारद्वयको तस्वीरमा फुल अर्पण र दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा शाखाका पदाधिकारी र सदस्यहरु सहितको उपस्थिती थियो ।
