एसपी रिपोर्टर
जनकपुरधाम जेष्ठ १८ : नेपाल सरकारले महोतरीको बर्दिबासमा बनाउने भनिएको मेडिकल कलेज बन क्षेत्रमा बनाउने देखिएपछि त्यसको विरोध हुन थालेको छ । गत जेठ १५ गते प्रस्तुत संघिय बजेजमा नेपाल सरकारले बर्दिवासमा मेडिकल शिक्षण अस्पताल बनाउने गरि बजेट बिनियोजन गरेको छ ।
मेडिकल कलेजका लागि स्थान छनौट गर्दा ५४.०० हेक्टर बनक्षेत्र फडानी गरि स्वीमिङ्ग पुल सहितको मेडिकल कलेज खोल्ने तयारी भरहेको भन्दै त्यसो नगर्न जनकपुरधाम वन प्राविधिक समाजले विज्ञप्ती जारी गरेको छ । सरकारले तराई मधेशलाई मरभुमि हुन बाट बचाउन एकातर्फ कार्यक्रम ल्याउनु र अर्को तर्फ चुरे क्षेत्रको बिनास हुने गरि भौतीक संरचनाको समेत तयारी हुनु दुःखद रहेको समाजका अध्यक्ष राम स्वार्थ साह र महासचिव सुरेश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । समाजका पदाधिकारीहरुले प्रदेश २ सरकारका मुख्यमन्त्री तथा बन मन्त्रीलाई समेत सो ज्ञापन पत्र बुझाउदै समयमै सो निर्णय सचिनु पर्ने बताएका छन् ।
प्रदेश २ मा मेडिकल कलेज खुल्नु स्वागत योग्य रहेको भएपनि बिकल्प हुदा हुदै चुरे क्षेत्र बिनास गरि विकासको नाउँमा तराई मधेशको लाइफलाईनलाई समाप्त गर्नु निन्दनिय हुने समेत चेतानवी दिइएको छ । सम्बन्धित संघिय र प्रदेश सहितका सवै क्षेत्रलाई लेखिएको विज्ञप्तीमा निर्णय नसचिए विरोधका कार्यक्रम सार्वजानिक हुने बताइएको छ ।
हेर्नोस विज्ञप्ती

