एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १८ : आज २१ औं बिश्व दुध दिवस मनाइदै छ । प्रदेश २ सरकारका मन्त्री शैलेन्द्र प्रसाद साहले सो अवसरमा शुभकामना दिदै कोभिड महामारीको यस विषम परिस्थितीमा सुरक्षाका साथ आ–आफनै घर टोलमा दिवस मनाई प्रदेश २ मा गुणस्तरीय दुध उत्पादनको क्रान्ति गर्दै आत्मनिर्भर हुदै नियार्त सम्मको लक्ष्य समेत पुरा हुने बिश्वास व्यक्त गरेका छन् ।
दुध किसानहरुको कारण प्रदेशका जनता दुध सेवन गरि स्वस्थ्य जिवन यापन गरिरहेको भन्दै मन्त्री साहले दुध किसानहरुको मेहनत र पसिनाको सम्मान हुने बताएका छन् । दुध पदार्थको सेवन गरि कोरोनाबाट बच्ने रोग प्रतिरोधात्मक क्षमता बढने भएकाले दुध उत्पादनमा किसानलाई केन्द्रिय हुन उनले आग्रह गरेका छन् ।
मन्त्री साहले भनेका छन, ‘सम्पुर्ण किसानहरुमा शुभकामना सहित सुस्वास्थ्यको कामना गर्दछु ।’ संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको आहवानमा सन २००१ देखि जुन १ तारिखलाई अन्तराष्ट्रिय बिश्व दुध दिवसका रुपमा मनाउदै आइएको छ । यस वर्ष ‘बातावरण, पोषण, समाजिक र आर्थिक शस्क्तीकरण सहित डेरी क्षेत्रमा स्थिरता’ भन्ने मुल नाराका साथ दिवस मनाइदै छ ।