एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ १७ : कोरोना भाइरसको दोस्रो लहरसँगै यतिबेला देशका अधिकांश जिल्लामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा छ । कोरोनाका कारण जनजिवन प्रभावित भएको छ भने संक्रमण उच्च रहेका बेला स्वास्थ्य सामाग्रीको पनि अभाव हुँदै गइरहेको छ ।
यस्तो वेला जनताको जिउधनको रक्षाका लागि कोभिड–१९ प्रतिकार्यमा सामाजिक संघसंस्थाको सहयोगमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदले गत शुक्रबारसम्म विभिन्न जिल्लाका अस्पलातहरूमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सम्पुर्ण सरसमानहरु महिला बालबालिका मन्त्री जुली महतोले अर्का मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन ।
अहिले सम्म १२ लाख १६ हजार ९ सय ४२ थान आइसोलेशन किट्स, अक्सिमिटर र पीपीईसहित १ हजार ९ सय ९४ अक्सिजन सिलिण्डर र ४४ हजार ८ सय २५ राहत सामाग्री हस्तान्तरण गरिएको छ । मन्त्रालय मार्फत विभिन्न सहयोत्यसैगरी अक्सिजन प्लान्ट ८ थान, ९ हजार २ सय ३९ पीसीआर र एन्टिजेन किट, ४ सय १५ अक्सिजन कन्सन्ट्रेटर र ४ सय ६ सय ६२ अक्सिजनसहिलतको आइसोलेशन र अस्पताल बेड सञ्चालनमा सहयोग गरेकोमन्त्री महतोका स्वकिय सचिव सञ्जित मण्डलले बताए ।