एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १५ : जनता समाजवादी पार्टी (जसपा) नेपालमा स्पष्टीकरणको जुहारी जारी छ । महन्थ र उपेन्द्र पक्ष एकले अर्कालाई स्पष्टीकरण सोध्ने र कारवाहीको चेतावनी पत्र मार्फत दिने क्रम जारी छ । यसै बिच पुनः आज दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका छन् ।
दुवै पक्षले आज जारी गरेको स्पष्टीकरण पत्रमा एकले अर्कालाई स्पष्टीकरण माग्दा किन नदिएको भन्दै आज पुनः सोधिएको र चित बुझदो जवाफ नआए कारवाही गर्ने चेतावनी उल्लखे गरेको छ । एउटै धारा, उपधारा र बिधानलाई टेकेर दुवै पक्ष पत्र जारी गरेको देखिन्छ ।
चित बुझदो जवाफ नआए कारवाहीको चेतावनी सहित दुवै पक्षले जारी गरेको स्पष्टीकरण पत्र तल प्रस्तुत छ ।