एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ ९ : घरमा यदि जानकी भोगको आटा ल्याउनु भएको छ भने सावधान, राम्ररी चालेर हेरेर मात्र प्रयोग गर्नुहोला । रामानन्दचौकको एक पसलबाट किनिएको २०२१ अप्रिल २० मा प्याकिङ्ग गरिएको आटामा मसिना देखि ठुला किराहरु स्याँउ स्याँउ गर्दै गरेको पाइएको छ । प्याकिङ्ग गरिएको छ महिनको अवधी सम्म प्रयोग गर्न मिल्ने प्याकमा उल्लेख भएपनि गत महिना प्याक भएको आटामा यस्ता किरै किरा भेटनुले खाद्य पर्दाथको गुणस्तरीयता माथी प्रश्न उब्जेको छ ।
यस्तो बेला भान्सामा सावधानी अपनाउन आवयश्क छ । लकडाउनको मौका छोपेर स्वास्थ्य प्रतिकुलमा सरसमान समेत बिक्रि भइरहेको तर्फ सावधानी अपनाउन आवयश्क देखिन्छ । चामल र आटामा एक आध किरा देख्नुलाइ समान्य भन्न सकिन्छ तर आँखाले हेर्न गारहो मसिना देखि आँखाले सजिलै हेर्न सकिने किराहरु अगन्य भेटनु खाद्य पदार्थको गुणस्तरीयतामा शंका उत्पन्न गराएको छ ।