एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ : प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको दावीसहित राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । ओली विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावीसहित शीतलनिवास पुग्नुअघि नै पुगेका थिए ।
स्रोतका अनुसार ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । उनी एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका हुन्। यसअघि बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।
‘म दावी गर्ने पक्षमा छु,’ उनले भनेका थिए, ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’