एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ : नेकपा एमालेका १ सय २१ जना सांसद नै आफूसँग रहेको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । साथै उनले माधव नेपाल पक्षीय ५ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी पनि राष्ट्रपतिलाई गराएको स्रोतले जानकारी दियो ।
सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले हस्ताक्षर दुरूपयोग गरेको भन्दै ओलीलाई गराएको र सोही सन्देश ओलीले राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।
लोकान्तरबाट