एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ : संविधान संशोधन गर्नका लागि सरकारले विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त सैद्धान्तिक निर्णय गरिएको हो । आज मन्त्रिपरिषदको बसेको बैठकबाट उक्त सैद्धान्तिक निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले नै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई जानकारी गराएका छन् ।
मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र राजेन्द्र महतोलाई उक्त कार्यदल गठन गरिएको निर्णयबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको जसपाका एक नेताले बताए । नागरिकताको अध्यादेश ल्याउने र संविधान संशोधनका लागि विज्ञ सहितको कार्यदल गठन गर्ने मन्त्रिपरिषदबाट निर्णय गरिएको कुरा प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । आफूहरुको माग पूरा गरिदिएकोमा जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका थिए ।
लोकान्तरवाट