एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ : समाजको कल्यानार्थ जनकपुरधाममा आज देशि सावा करोड महामृत्युंजय मन्त्र जाप कार्यक्रम आरम्भ भएको छ । जनकपुरधाम, नेपाल सहित विश्वमा कोभिड–१९ वाट शान्तिको उद्देश्यले सो धार्मिक अनुष्ठान सुरु गरिएको कार्यक्रम संयोजक जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साहले बताए ।
सोहि वडा स्थित कथबनिया कुट्टीका श्री श्री १०८ श्री सुरज बाबाको आयोजनामा सुरु भएको सावा करोड महामृत्युंजय मन्त्र जापमा समाजिक दुरी, अनिवार्य मास्क र स्वास्थ्यका मापदण्डहरु पुरा गरि दर्शन गर्न आउन सकिने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रोशन कर्णले बताए ।

धार्मिक महत्व बोकेको आराध्य देव भगवान महादेव बाबाको विशेष पुजा अर्चनाद्वारा शान्ती स्थापनाको उद्देश्यले सावा करोर महामृत्युंजय जापमा भिडभाड नगर्न र बिना मास्क मन्दिर परिषरमा प्रवेशमा समेत निषेध गरिएको छ । “आस्था र बिश्वासको हरेक साँसमा प्रभुको साथ’ मुल धेयका साथ बाबा जय श्री महाकाल भोलेनाथको प्रार्थना र बन्दना हुने बताइएको छ ।