एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ : धनुषामा एमालेको पिलर मानिने नेता योगनारायण यादवको निधन भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको विश्वासपात्र मानिएका नेता यादवको कोरोना संक्रमण भई मृत्यु भएको भनिएको छ । यद्यपि उनी मृगौला रोगबाट पिडित भई काठमाण्डौंमा उपचारार्थ थिए ।
मेडिसिटी अस्पतालमा मृगौलाको हप्तामा दुई दिन डायलाशिस गराउने गरेका नेता यादवको मृगौला प्रत्यारोपणका लागि समेत सवैै तयारी पुरा भइसकेको अवस्थामा उनलाई कोरोना संक्रमण भई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको सहयोगी एमाले युवा नेता शम्भु साहका अनुसार चार दिन अगाडि मात्र उनी आफु स्वस्थ्य हुदै गएको बताएका थिए ।
केहि दिन अगाडि कोरोनाको केहि लक्ष्ण सहित स्वास्थ्य अवस्था बिग्रेपछि उनको थप उपचार भइरहेको थियो । प्रधानमन्त्री केपि शर्मा ओली समेत उनको स्वास्थ्य उपचारका विषयमा निरन्तर जिज्ञासा राख्ने गरेको साहले बताए । साहले भने, ‘हामी एउटा होनहार नेता र धनुषाको मजबुत पिलर गुमाएका छौं, जातीबादको अहिलेको राजनितिमा योगनारायण दाई सवैलाई मिलाएर अगाडी बढने नेता हुनुहुन्थ्यो ।’