माला राय
जनकपुरधाम, जेठ २ : कोरोना संक्रमित गम्भिर विरामीका लागि आवयश्क पर्ने ‘हाइ फ्लो नोजल केनुला’ क्लोथ बैंकले जनकपुरधाममा ल्याउन लागेको छ । जसपाका वरिष्ठ नेता तथा धनुषा क्षेत्र नं. ३ का सांसद राजेन्द्र महतोको पहलमा नेपाल भेन्टिलेटर बैंकले सो समान बैंकलाई सहयोग गरेको हो । उपकरणको प्रति दिन छ सय भाँडा लिने गरि बैंकलाई हस्तान्तरण गरिएको हो ।
बैंकका अध्यक्ष राजिव झा काठमाण्डौं पुगेर सो समान बुझेका छन् । चारथान सो ‘हाइ फ्लो नोजल केनुला’ जनकपुरधामको मिथिला अस्पतालमा जडान हुने आवश्यक परेका विरामीलाई समान्य शुल्कमा पनि क्लोथ बैंकको सिफारिसमा २५ प्रतिशत छुट हुनेछ ।

चिकित्सक टिमको सल्लाह अनुसार गम्भिर अवस्थाको बिरामीलाई उपचारमा आवश्यक पर्ने सो उपकरण जनकपुरधाममा उपलब्ध छैन । सो उपकरण आवश्यक विरामीका लागि भेन्टिलेटर जस्तै उपयोगी हुने चिकित्सकहरुको भनाई छ । क्लोथ बैंकलाई उपकरण हस्तान्तरण कार्यक्रममा जसपाका केन्द्रिय सदस्य अनिल महासेठ, नेपाल वैश्य युवा संघका प्रदेश २ अध्यक्ष राजु कुमार साह, पत्रकार तथा क्लोथ बैंकका अभियान सदस्य प्रमोद साह सहितको उपस्थिती थियो ।