एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ : अव स्थानिय प्रशासन वाहेक अन्य कुनै पनि संघ संस्थाले अक्सिजन वितरण गर्न नपाउने भएका छन् । स्थानिय प्रशासनले अस्पतालमा अक्सिजनको हाहाकार मचिएपछि स्थानिय प्रशासनले एकद्वार प्रणाली मार्फत अक्सिजन व्यवस्थापन र आपुर्तीको निर्णय गरेको छ ।
अव विभिन्न संघ संस्थाहरुले होम आइशोलेसन सहित विरामीहरुलाई आ–आफनो तरिकाले वितरण गर्दै आएको अक्सिजन वितरण गर्न पाउने छैन । डिसीएमसीको बैठक तपसील बमोजिमका समितिहरु बनाएर सम्बन्धित कामहरुको व्यवस्थापन गर्ने जनाएको छ ।
ढल्केवर स्थित ढल्केवर ग्यास उद्योग (अक्सीजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका संचालकलाई अक्सीजनको वितरण एकद्वारा प्रणाली मार्फत मात्र गर्न निर्देशन समेत दिएका हुन । धनुषामा अक्सीजनको वितरणमा आजैबाट एकद्वार प्रणाली लागु गरिएको छ ।