एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ : पछिल्लोमा समयमा बढदै गएको कोरोना संक्रमण विरुद्ध प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक्सनमा उत्रेका छ् । बढदो अक्सिजनको मांग र संक्रमतिको चापलाई हेर्दै मुख्यमन्त्री राउतले आज धनुषा स्थित अक्सिजन प्लान्ट र कोभिड अस्पतालहरुको स्थलगत अनुगमन गरेका हुन ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितको टोली लिएर मुख्यमन्त्री राउतले स्थलगत निरीक्षण अनुगमन गरेका छन् ।
ढल्केवर स्थित ढल्केवर ग्यास उद्योग (अक्सीजन प्लान्ट) निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उद्योगका संचालकलाई अक्सीजनको वितरण एकद्वारा प्रणाली मार्फत मात्र गर्न निर्देशन दिनु भएको छ । धनुषामा अक्सीजनको वितरणमा आजैबाट एकद्वार प्रणाली लागु गरिएको छ ।
त्यसैगरि मुख्यमन्त्री राउत सहितको टोलीले जनकपुरधामको बेलामा निर्माणाधिन अक्सीजन प्लान्टको समेत अवलोकन गरेका छन् । मुख्यमन्त्री राउतले अविलम्ब प्लान्ट संचालन गरि संक्रमितहरुको ज्यानको रक्षा गर्न उद्योगका संचालकलाई आग्रह समेत गरेका छन् । मुख्यमन्त्री राउतको आग्रह उद्योगका संचालकले शनिवार सम्म जसरी भएपनि प्लान्ट संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । बेलामा निर्माणधिन उद्योग २४ घण्टामा ६ सय सिलिण्डिर रिफिल गर्न सक्ने क्षमताको रहेको छ ।
त्यस्तै मुख्यमन्त्री राउत सहितको टोलीले जानकी मेडिकल कलेजद्वारा संचालित कोभिड स्पतालको समेत निरीक्षण गरेको छ । जानकी मेडिकल कलेज रमदैया पुगेको टोलीले अस्पताल व्यवस्थापक संग अस्पतालमा रहेका संक्रमितहरुको अवस्था र उपचारमा भै रहेको समस्या बारे जानकारी लिएका छन । सो क्रममा जानकी मेडिकल कलेजका व्यवस्थापन पक्षले अक्सीजनको कोटा बढाई दिन मांग गरेका थिए भने टोलीले आजै बाट अक्सीजनको कोटा बढाइ दिने र शनिवार बाट चाहे जति अक्सीजन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।
हाल ६० बेड कोरोना संक्रमितको लागी संचालन गरि रहेको जानकी मेडिकल कलेजलाई मुख्यमन्त्री राउतले बेड बढाउन आग्रह समेत गरेका छन । यता प्रदेश सरकारले मनिपालको खाली भवनमा निर्माण गरि रहेको अस्थायी कोभिड अस्पतालको समेत मुख्यमन्त्री राउत सहितको टोलीले आजै निरीक्षण गरेका छन् । युद्ध स्तरमा निर्माणधिन उक्त अस्पतालको काम समयमै सक्न उहाँले निर्देशन समेत दिएका छन् । निरीक्षणको क्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जेठ १५ अगाबै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता समेत जनाएका छन् ।