एसपी रिपोर्टर
काठमाण्डौं, जेठ १ : फुटनै लागेको एमाले मिल्न लागेको बेला एमाले अध्यक्ष केपि शर्मा ओलीकै कारण एक भएर बनाइएको जनता समाजवादी पार्टी (जसपा) नेपालमा भने विवाद चुलिएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष र उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष आ–आफनै तर्क सहितको विज्ञप्ती निकाल्दै एक अर्कालाई तिरस्कार गरिरहेका छन् ।
शुक्रवार ठाकुर पक्षले बहुमत सांसदको उपस्थितीमा वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदिय दलको नेता छानेको खवर आउना साथ उपेन्द्र पक्षको आज कार्यकारिणी समितिको बैठक बस्यो जस्मा ठाकुर पक्षलाई बोलाइएन । जसपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको बेला यादव पक्षले आज बोलाएको कार्यकारिणी समितिमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले विधानविपरित गतिविधि गरेकोबारे छलफल भएको र अव पुर्ण बैठक बोलाएर आवश्यक निर्णय लिईने यादव पक्षका एक नेताले जनाए ।

पछिल्लो समय जसपा सत्ता समिकरणमा निर्णायक शक्ति बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएको ठाकुर पक्षका सांसदहरु भक्तपुरको डोलेश्वर रिसोर्टमा बैशाख ३० गते भेला भएका थिए । ठाकुर पक्षले आफूहरुको बहुमत सांसदहरुको बैठकले महतोलाई दलको नेता चयन गरेको दाबी गरेको छ । तर, यादव पक्षले भने त्यसलाई स्विकारेको छैन् ।

यादव पक्षले ठाकुर पक्षमाथि कारबाही गरिने चेतावनी दिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षमा ३० जनाभन्दा बढि सदस्यहरु रहेको दाबी गरिएको छ । तर, अर्को पक्षले भने यसमा कुनै सत्यता नभएको जिकिर गरेको छ । यसरी विवादको चरमउत्कर्षमा रहेको एमालेको विवाद तत्काल सेलाउन नपाउदै जसपामा विवाद चरण रुप लिएको छ ।