एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ : धनुषा चेम्वर अर्फ कर्मशले सशस्त्र प्रहरी वल धनुषालाई मास्क र खाद्यन्न समाग्री वितरण गरेको छ । कर्मशका अध्यक्ष विजय साहको अगुवाईमा मुजेलिया स्थित सशस्त्री प्रहरी वलको गणमा पुगेर ५० कार्टुन पानी, ५० कार्टुन चाँउचाँउ, ५० कार्टुन विस्कुट, एक हजार थान सर्जिकल मास्क र २ सय थान केएन ९५ मास्क प्रदान गरिएको छ ।
कोरोना भाइरसको दोस्रो संकटपुर्ण लहरमा फ्रन्टलाइनर भई काम गरिरहेकाले सशस्त्र प्रहरी वललाई सो सरसमानहरु प्रदान गरिएको कर्मशका कोषाध्यक्ष उज्जवल अग्रवालले बताए । यसअघि कर्मशले अक्सिजन शिलिन्डर विभिन्न अस्पताल, विरामी र आवश्यकता रहेकालाई प्रदान गरेको थियो ।

सुरुमा फ्रन्टलाइनरहरुलाई राहत समाग्री वितरण भइरहेको र त्यसपछि गरिव विपन्नहरुका लागि समेत राहतको तयारी भइरहेको कर्मशले जनाएको छ । सो अवसरमा कर्मशका पदाधिकारीहरु सहितको उपस्थिती थियो ।