एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३१ : जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पार्टीको संसदिय दलका नेता चयन भएका छन् । पार्टीको तत्काल कायम रहेको ३२ मध्ये २० सांसदको उपस्थितीमा महतोलाई दलको नेता छानिएको जसपाका एक सांसदले बताए ।
उनीहरुका अनुसार दलको नेता चयन बारे भएको बहुमतको निर्णय भोली पार्टी कार्यालयमा दर्ता गराइने तयारी छ । यद्यपि महतो पक्षले भने सरकारमा जाने हल्ला निराधार रहेको दावी गरेको छ ।
क्लोथ बैंकलाई दश लाख
एता धनुषा क्षेत्र नं. ३ का प्रतिनिधीसभा सांसद समेत रहेका नेता महतोले संसदिय विकास कोषवाट अक्सिजन शिलिन्डर किन्न क्लोथ बैंकलाई दश लाख सहयोग गर्ने समेत बताइएको छ । क्षेत्रमा क्रिकेट खेल मैदानका लागि आवयश्क पर्ने रोलर किन्न छुटयाइएको दश लाख रुपैया रकमान्तर गरि परिस्थती अनुसार अक्सिजन किन्न छुटयाइने भएको बैंकका अध्यक्ष राजिव झाले बताए ।
धनुषामा अक्सिजनको अभावलाई मध्येनजर गर्दै तत्काल सो बजेट महतोको संसदिय विकास कोषवाट १० लाख बराबरको अक्सिजन शिलिन्डर किनेर क्लोथ बैंकलाई बुझाइने जसपाका केन्द्रिय सदस्य अनिल महासेठले समेत बताए ।