एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३१ : प्रधानमन्त्रीमा पुनः तेस्रो पटक एमालेका अध्यक्ष केपि शर्मा ओली चयन भएपछि जसपाको ठाकुर–महतो पक्ष सरकारमा जाने चर्चा चलिरहेको वेला सो पक्षले आफुहरु अहिले सरकारमा नजाने बताएको छ । सो पक्षका एक सांसदले भने, ‘हाम्रो प्राथमिकता सरकार हुदै होइन, मुद्दा र मांग हो ।’
उनका अनुसार प्रधानमन्त्री ओली अव पुनः ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यस बिचमा मधेशको मांग प्रतिको ओलीको भुमिका, रेशम चौधरी सहितकाको रिहाई र मुद्दा फिर्ता तथा संविधान संसोधन र लाल आयोगको प्रतिवेदनका सवालमा ओलीले चाल्ने कदमको हिसावमा निर्णय हुने उनले बताए ।
हामी देउवा र प्रचण्डलाई टेष्ट गरिसकेका छौं, सांसद प्रमोद साहले भने, ‘जे भएपनि ओलीले केहि त गरेर देखायो, वाँकी गुर्छ भन्या छ गरयो भने ठिक नभए ३० दिन त हो नि ।’ ठाकुर–महतो पक्ष सरकारमा गयो मन्त्री खायो भन्ने हल्ला नियोजित रहेको उनीहरुको भनाई छ । तत्काल ओलीको अल्पमतकै सरकार रहने भएको छ ।