जानकी रमण झा
जनकपुरधाम, बैशाख ३० : कोरोना महामारीको दास्रो लहरमा अक्सिजनको अभावमा मानवीय क्षती हुन थालेपछि विभिन्न सहयोगीहरु पनि अगाडि आउन थालेको छ । जनकपुरधाममा क्लोथ बैंकले आवश्यक परेकाहरुलाई निशुल्क अक्सिजन आपुर्ती गरिरहेकै अवस्थामा धनुषा चेम्वर अफ कर्मश समेत अगाडि आएको छ ।
कर्मशले एक ट्रक अक्सिजन सिलिन्डर मगाएर विभिन्न अस्पतालहरुलाई सहयोग गरेको छ । कर्मशका अध्यक्ष विजय साहका अनुसार कर्मशले जनकपुरधाम स्थित जानकी हेल्थकेयरलाई १०, जनकपुर सिटी होस्पिटलमा १२, स्वास्तिका हस्पिटलमा ५ र धनुषा हस्पिटलमा १६ थान अक्सिजन शिलिन्डर सहयोग गरेको छ । साथै २ थान विरामीको घरमा समेत पठाइएको छ ।
साहका अनुसार गरिब विपन्नका लागि आवश्यक परेको खण्डमा निशुल्क अक्सिजन शिलिन्डर सहयोग गरिने छ । आकस्मिक सेवाका लागि न्यू मनिया ट्रेडिंगबाट अक्सिजन उपलब्ध् गराइएको हो ।