संजय कुमार साह
जनकपुरधाम, बैशाख ३० : जनकपुरधामको मुजेलिया स्थित मनिपाल शिक्षण अस्पताल धमाधम काभिड १९ अस्पतालको रुपमा परिणत हुने क्रममा छ । प्रदेश सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरणहरु मगाएर धमाधम जडानको क्रममा रहेको छ ।
भवनको भौतीक संरचना सुधारका लागि रंगरोगन र झयाल ढोकाको कामहरु समेत भइरहेको छ । प्रदेश सरकारले मानव स्वास्थ्यलाई सर्वोपरी ठान्दै सो अस्पताललाई कोभिड केयर अस्पतालको रुपमा अगाडि बढाउन र सिघ्र सञ्चालन गर्न भन्दै सिडिई भगवान झाको अगुवाईमा काम अघि बढाएको छ ।

सिडिई झाका अनुसार दुई सप्ताह भित्रै सेवा सुरु हुने गरि काम भइरहेको बताए । उनले सकारात्मक काम सफल बनाउन समाजको सकारात्क सहयोग आवयश्क रहेको पनि बताए । सय बेडको अस्पतालमा भेन्टिलेटर, आइसियु सहित अक्सिजन सहितको सुविधा सहितको सेवा सुरु हुनेछ ।