एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३० : दलहरुले आज राती ९ बजे सम्म बहुमत सहितको सरकार बनाउने दावी प्रस्तुत गर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न गरेको आहृवानको समय सिमा आज राती ९ बजे सम्मको छ । हालका प्रधानमन्त्री केपि शर्मा ओलीलाई विस्थापन गर्न लागि परेका कांग्रेस, माओवादी सहितका दलहरु सरकार बनाउन चाहिने बहुमत सांसद सहित समय सिमा भित्र राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्नुपर्ने हुन्छ ।
तर सरकार बनाउन चाहिने बहुमतका लागि जसपा अति आवश्यक रहेको र जसपामा दुई धार रहेकाले विपक्षी गठबन्धनलाई बहुमत पुरयाउन सकस छ । यदि त्यसो हुन नसके ठुला दलको संसदिय दलका नेताका रुपमा पुनः केपि शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउनु पर्ने प्रावधान छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।