एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : जनकपुरधाम प्रादेशिक अस्पतालमा महोतरीका एक विरामीको मृत्यु भएपछि आक्रोसित परिवारजनले आइसीयु कक्षमै तोडफोड गर्न थालेको बुझिएको छ । महोतरीको एक विरामी शिकित्स अवस्थामा प्रादेशिक अस्पताल पुग्दा आइसीयुमा भर्ना गर्नुपर्ने अवस्थामा रहेको तर बेड खाली नरहेको भनेपछि विरामीका आफन्त तोडफोडमा उत्रेको बताइएको छ ।
जनकपुरधाम प्रादेशिक कोभिड अस्पतालमा आक्रोशित समूहले तोडफोड गर्न लाग्दा धनुषा प्रहरी समेत त्यहाँ पुगेको हो । संक्रमितलाई भर्ना नगरेको भन्दै एक समूहले अस्पतालको वार्डमा जडान गरिएको उपकरणहरु तोडफोड गरेको हो । उनीहरुले भेन्टिलेटर समेत तोडफोड गरेका छन् । ४÷५ जनाको एक समूहले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले बताए ।
तोडफोड भएको जानकारी आएपनि विस्तृत विवरण आउन नसकेको उनले बताए । तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । विस्तृत विवरण आउन वाँकी छ ।