एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २८ : जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद विमल प्रसाद श्रीवास्तवले आफनै पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अव अध्यक्ष मान्न नसकिने बताएका छन् । हिमालय टेलिभिजनसंगको कुराकानीमा केहि वेर अगाडि बोल्दै श्रीवास्तवले भने, ‘उपेन्द्रलाई गृहमन्त्री चाहिएको छ, पैसा र पदका लागि मरिहत्ते गर्नेसंग अव जान सकिदैन ।’
तत्कालिन उपेन्द्र यादव नेतृत्वकै समाजवादी पार्टीवाट सांसदमा निर्वाचित श्रीवास्तवले सवै भन्दा बढी सत्ताका लागि पार्टी फोडने व्यक्ति उपेन्द्र यादव रहेको भन्दै देउवा र प्रचण्डसंग गृहमन्त्री पाउनुपर्ने दाउमा लागेर मधेशको एजेन्डा छोडन चाहेको बताए । उनले भने, ‘चुनाव आउदैछ, एकचोटी सत्तामा गएर पछुताएकै हो अव पुनः सरकारमा गएर पार्टीको आधार भत्काउन चाहिरहेका छन् ।’
उनले अव जसपाको प्रथम अध्यक्ष महन्थ ठाकुर रहेकाले उनकै धारणा आधिकारिक हुने बताउछन् । मधेशको मुद्दा, समस्या र समाधानका लागि तत्कालिन राजपा लागिरहेको अवस्थामा उपेन्द्रले पटक पटक सरकारमा गएर त्यसलाई कमजोर गरेको बताए ।’ देउवा र प्रचण्डले मधेशको समस्या गर्न नसक्ने ठोकुवा गर्दै उनले भने, ‘ओलीले केहि त गरिसकेकै छ, अव साथ दियो भने सवै अन्य मांग पनि पुरा हुन्छ ।’
देउवा र प्रचण्डको राजनितिक स्थल मधेशनै रहेकाले उनले मधेश केन्द्रित दल जसपाको मांग पुरा किन गर्छ ? एजेन्डा चाहिदैन ? भन्दै उनले मधेशको सवालमा ओली उदार रहेको दावी गर्छन ।
हेर्नोस श्रीवास्तवको अन्तरवार्ता