एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २७ : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएर नै आफूहरु संसद बैठकमा भाग नलिएको स्पष्ट पारेका छन् ।
आज साँझ प्रेस वक्तव्य निकालेर नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ आफ्नो स्थानबाट योगदान गर्नु सबै दशेक्ति, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमूदायको कर्तव्य हुने भएकोले सोही अनुरुप आफूहरुले प्रधानमन्त्री ओलीलई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित् हुने निर्णय गरेको पनि स्पष्ट पारेका छन् । उनले उक्त निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको पनि दाबी गरेका छन् ।
हेरौं विज्ञप्ती जस्ताको त्यस्तै