एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २७ : नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । हदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।
दुई तिहाईका साथ सरकार बनाएका वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले संसदमा बहुमत गुमाएपछि आज विश्वासको मत लिने कार्यक्रम छ । तर सोहि पक्रियामा एमालेको करिव २० सांसद अनुपस्थित रहने, कांग्रेस र माओवादीले मत नदिने तथा जसपाको आधा सांसद विपक्ष र आधा तटस्थ रहने भएपनि प्रधानमन्त्री ओली अल्पमतमा पर्ने निश्चित प्राय छ ।