एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २४ : जनकपुरधाम उद्योग बाणिज्य संघका नवनिर्वाचित समितिले विज्ञप्ती जारी गर्दै बजार बन्द रहेको अवधीको पसल, सटर र गोदामको भाँडा मिनाहा गराउने दावी गरेका छन् । विज्ञप्तीमा सो अवधी भरको वैंक तथा वितिय संस्थाको ब्याज मिनाहा गर्न लगाउने समेत उल्लेख छ ।
अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज कुमार साहद्वारा जारी विज्ञप्तीमा अति आवश्यक प्रकृतीका पसलहरु सुरक्षा सतर्कता सहित खोल्न वातावरण बनाउने, जनकपुरधाम प्रादेशिक अस्पतालमा अपुग रहेको दरबन्दी अतिसिघ्र पदपुर्ती गर्न गराउन दबाद दिने, मनिपाल अस्पताललाई विलम्व नगरि तुरन्त कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनु पर्ने र प्रदेश सरकारले स्वास्थ्य संकटकाल घोषणा गरि निजि अस्पतालको केहि भागमा कोभिड सेवा सुरु गर्न गराउन पहलकदमी लिनु पर्ने विज्ञप्तीमा उल्लेख छ ।
तर व्यापारीहरु भने यस्ता विज्ञप्तीहरु कागजमै सिमित हुने टिप्पनी गरिरहेका छन् । यस अघिका लकडाउनमा समेत यस्तै विज्ञप्तीहरु निकालिए पनि कार्यान्वयन हुन नसकेकाले उनीहरुमा चिन्ता छ ।
हेर्नोस विज्ञप्ती
