चाँदनी झा
जनकपुरधाम, बैशाख २४ : जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको कोभिड विशेष अस्पतालमा लापरवाही देखि औषधी गायव हुने गरेको आरोप लगाइएको छ । विरामीका कुरुवाहरुले अनावयश्क औषधीको पुर्जा दिइने गरेको तर विरामी संग सोध्दा औषधीहरु प्रयोग नगर्ने गरेको दावी गरेका छन् ।
कोभिड वार्डमा विरामीका कुरुवाहरुलाई थप अनावश्यक औषधी किन्न लगाएर औषधी गायव गर्ने गरेको आरोप तल प्रस्तुत भिडियोमा विरामीकै परिवारजनले लगाइरहेको देखिन्छ ।
हेर्नोस भिडियो
कोभिडको समुचित उपचार दिन नसकिरहेको अवस्थामा अस्पताल भित्र ठगी धन्दा हुनु गैरजिम्मेवारीको पराकाष्ठा हो । मानविय संकटको यस अवस्थामा अस्पताल जस्तो एकमात्र भरोसाको केन्द्रमा समेत भित्रभित्रै यस्तो क्रियाकलापले शंका उत्पन्न हुनु स्वभाविक हो । एक विरामीका कुरुवाले भिडियोमा औषधी देखाउदै भनिरहेका छन्, ‘म आक्रोसित हुदै मेरो कहाँ गयो भने पछि मलाई औषधी फिर्ता गरियो ।’
अर्का विरामीका कुरुवा भन्छन, ‘विहान ८ बजे औषधी दिने समय रहेपनि राती ११ बजे औषधी दिएको मेरो आमाले भनिन, औषधी लेख्छन तर तर कति एमजीको त्यो लेख्दैनन ।’ अर्को विरामीका कुरुवाले भने, ‘एकै दिन पाँच देखि आठ वटा परिमाणमा औषधी ल्याएपनि सिधियो भनेर भन्छ, के गर्ने नगरु पनि भएन ।’ यसरी कोभिड अस्पतालको बेतिथीले विरामीलाई चौतर्फी पिडा खेप्नु परेको सहजै अनुमान गर्न सकिन्छ ।