एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २२ : कोरोना भाइरसको दोस्रो लहर चलेसंगै सुरक्षा सर्तकताका लागि पुनः लकडाउन जारी छ । लकडाउनको दोस्रो दिन आज पनि जनकपुरधाम सहित जिल्लामा कडा सुरक्षा कडाई गर्दै निषेधाज्ञा पालना कार्यान्वयनमा प्रहरी प्रशासन प्रतिवद्व रहेको देखिन्छ ।
एता लकडाउन गरिएपनि ग्रामिन भेगमा स्थानियले मास्क र सेनिटाइजर प्रयोग गर्न नसकिरहेको अवस्थामा युवाहरु त्यसमा समेत पहलकदमी लिएका छन् । पेन्डेमिक कन्ट्रोल एण्ड म्यानेजमेन्ट कमिटिमा आवद्व युवाहरु जनकपुरधामको बेंगा शिवपुरमा करिव ६० घर परिवारलाई सुरक्षा समाग्री वितरण गरेका हुन ।
१३ सदस्सीय कमिटिका सक्रिय युवा अगुवाहरु मनिषा साह र वसन्त साहको सक्रियतामा सो वडामा ६० भन्दा बढी परिवारलाई मास्क, सेनिटाइजर, सावुन र सेनेटरी प्याड सहितका समाग्री वितरण गरिएको मनिषा साहले बताईन् । भनिषा भन्छिन, ‘ग्रामिण क्षेत्रमा अझै मास्क र सेन्टिाइजर प्रयोगमा देखिएन, सावुन पानीले समेत हात पटक पटक धुने क्रम सवै तिर छैन ।’
उनले जानकारी रहेपनि अभावले समेत प्रयोगमा निरन्तरता दिन नपाएको हुन सक्ने बताइन । कमिटि आवद्व युवाहरुलाई विभिन्न समुहमा विभाजन गरि यस्ता गतिविधी सजगताका साथ गरिने उनको भनाई छ ।