FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मिथिलाञ्चलमा लोप हुँदै जोगिरा

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबिच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्‍चार हुने गर्ने गर्छ।

मिथिलाञ्चलमा लोप हुँदै जोगिरा

राजा झा

“कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सर र र…!!!”

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबिच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्‍चार हुने गर्ने गर्छ। होली पर्व र संगीत बिच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मन भित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो।

कुण्ठत विचार र मनभित्र दवेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्‍चलमा गाइने जोगिरा गीत हो । पहिले पहिले श्रीपञ्चमी (सरस्वती पूजा) देखि नै गाउँ-घरमा जोगिरा गुन्जिने गर्थ्यो तर पछिल्लो समय बढेको आधुनिकतासँगै यस्ता जोगिराहरु लोप हुन थालेको छ । एका तर्फ जोगिरा लोप हुँदै गएको छ भने अर्को तर्फ अस्लिल भोजपुरी होलीको गीतहरु गुञ्‍जिन थालेको छ।

‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्‍न् !’ वर्षौंदेखि जोगिरा गाउँदै आएका गौशाला-२ का रामलखन साह बताउँछन्।

उनले भने, ‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन, अझै गाउने त रउस छ, तर साथ दिने कोही छैनन्।’वसन्त पञ्‍चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि महोत्तरी सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।

तिथिमिति सम्झना नराख्नेका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत गाइने परम्परा एक दशकयता सुन्‍न छाडिएको छ।

आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास-परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको छ।

संस्कृतिको सम्झनामात्र नभइ त्यो प्रतिको समर्पण भाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रउस र अबीर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको जनकपुरधामका रमेश झा बताउँछन्। अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि आउने पुस्ताले जोगिरा भन्‍ने कुरा इतिहासमा मात्र पढ्न सक्ने झाको चिन्ता छ।

किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘!!
जोगिरा..सररर..!!’

(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन्।

‘कोन तालपर डम्फू बाजे,
कोन ताल मृदङ्ग,
कोन तालपर गोरिया नाचे,
कोन तालपर हम..!! जोगिरा सरररररररर..!!’

(डम्फू कुन तालमा बज्छ, मादल कुन तालमा बज्छ ? अनि गोरी कुन तालमा र म कुन तालमा नाच्छु ?) होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन्।

सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको शुभाष कर्णले चिन्ता व्यक्त गरे।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभइ होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन। मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाइन थालिने परम्परा छ।

Tags: जनकपुरधामप्रदेशमधेश

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

15 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy