एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ११ :
हस्तरेखा, ज्योतिष र बास्तुशास्त्र क्षेत्रमा उदाउँदै गरेका नाम जनकपुरधामका युवा ज्योतिष डा. बिबेक पाण्डेयको बास्तु सम्बन्धी रिसर्च पेपर र जोर्नल जर्मनीमा प्रस्तावित भएको छ । उनले आफ्नो विद्या र अनुसन्धानलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यका साथ यो पेपर र जोर्नल तयार पारेको बताए ।

नेपाल भारत सहित विभिन्न देशमा बास्तु शास्त्र संग सम्बन्धित आफना विद्वता र अनुभव प्रस्तुत गर्दै छोटो समयमै यस क्षेत्रमा नाम कमाएका डा. बिबेकका अनुसार, उक्त रिसर्च पेपरमा बास्तुशास्त्रका दार्शनिक, वैज्ञानिक र व्यावहारिक पक्षहरूलाई समेटिएको छ । उनले बास्तुशास्त्रलाई आधुनिक विज्ञान, मनोविज्ञान, भू–कम्प प्रतिरोधात्मक इन्जिनियरिङ र फेंगशुईसँग तुलना गर्दै त्यसको वैज्ञानिक आधारलाई उजागर गर्ने प्रयास गरेको बताएका छन् ।

उक्त अनुसन्धानका मुख्य बिषयहरूमा बास्तुशास्त्रको ऐतिहासिक पृष्ठभूमि, यसको दार्शनिक दृष्टिकोण, आधुनिक वास्तुकलामा यसको प्रयोग, र यसका पर्यावरणीय तथा मानवीय लाभहरू समावेश छन् । अनुसन्धानमा बास्तुशास्त्रले भवन र वातावरणबीच सन्तुलन कायम गराएर बसोबासका लागि ऊर्जामय र स्वास्थ्यप्रद वातावरण सिर्जना गर्न सक्ने निष्कर्ष निकालिएको छ ।

डा. बिबेकले केही समय अघि आफ्नो नयाँ पुस्तक ‘बास्तु फोर इन्जिनियर्स’ पनि प्रकाशनको तयारीमा रहेको जनाएका छन् । उनले यसअघि प्रकाशित आफ्नो पुस्तक नेपाल, भारतदेखि विश्वभरका पाठकहरूका लागि छापिएको र शीघ्र नै सबै माझ उपलब्ध हुने जानकारी दिएका छन् ।
डा. बिबेक प्रसिद्ध वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । उनको परिवार नेपालका स्थानीय निकायदेखि राजनीतिक उच्च तहका व्यक्तित्वहरूका लागि ज्योतिष, हस्तरेखा र बास्तु परामर्श प्रदान गर्दै आएको छ । उनको यो अनुसन्धान र जोर्नलले ज्योतिष र बास्तु क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता तथा रुचि राख्ने व्यक्तिहरूका लागि नयाँ प्रेरणा र अध्ययनको दिशा दिने विश्वास गरिएको छ ।